Techie IT
शुक्रबार, चैत्र २०,२०८२

खाँदबारी नगरपालिकामा करार र ज्यालादारी सेवा खारेज


खाँदबारी । नेपाल सरकारको हालैको निर्णयअनुसार संखुवासभाको खाँदबारी नगरपालिकाले दैनिक ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीहरूको सेवा सम्झौता रद्द गरेको छ।

नगरप्रमुख महेश थपलियाले बुधबार सूचना प्रकाशित गर्दै कार्तिक १ गतेदेखि लागू हुने गरी २९ जना कर्मचारीको सम्झौता खारेज गरिएको जानकारी दिएका छन्। तीमध्ये १३ जना दैनिक ज्यालादारी तथा करार सेवामा कार्यरत थिए भने १६ जना झोलुङ्गे पुल हेरालु रहेका थिए।

नेपाल सरकार (मन्त्रिपरिषद्) को असोज ५ गतेको बैठकले स्वीकृत दरबन्दीबाहेक अस्थायी, करार वा दैनिक ज्यालादारी आधारमा कर्मचारी राख्न नपाउने निर्देशन जारी गरेपछि नगरपालिकाले उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #करार सेवा सम्झौता, #खाँदबारी नगरपालिका, #खारेज, #ज्यालादारी कर्मचारी, #मेयर महेश थपलिया, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्