इलाम बाढीपहिरो पीडितलाई युवा संघ नेपालद्वारा राहत वितरण सुरु
लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोले इलाममा ठूलो जनधनको क्षति पु¥याएको छ। बाढी–पहिरोबाट विशेषगरी माइ नगरपालिका–७ को चेप्टी गाउँ पूर्णरूपमा प्रभावित बनेको छ। यस्तै विकट परिस्थितिमा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले राहत वितरण सुरु गरेको छ।

बुधबार युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेको नेतृत्वमा गएको टोलीले माइ नगरपालिकाका प्रभावित परिवारहरूलाई राहत सामग्री वितरण गरेको हो। चेप्टी गाउँमा मात्रै करिब ७० वटा क्षतिग्रस्त घरपरिवारलाई राहत प्रदान गरिएको छ।
राहत सामग्रीमा एक बोरा चामल, दुई लिटर खाने तेल, नुन, मरमसला, पीभीसी, ब्ल्यांकेट, लत्ताकपडा, म्याट, डस्ना, जुत्ता–चप्पल र त्रिपाल समावेश छन्।
युवा संघले हाल इलामका अधिकांश पालिकामा बाढीपहिरोको असर परेकाले सबै स्थानीय तहमा राहत वितरणको तयारी गरिएको जनाएको छ।
युवा संघका अध्यक्ष थेबेले भने, “जेनजी आन्दोलनपछि दलका नेताहरू र कार्यकर्ता मौन बसेका बेला हामी राहत लिएर पीडितकहाँ पुगेका छौं। यस दुःखको घडीमा राज्यको नजर पुगेन पनि भने हामी नेपाली युवा साथमा छौं भन्ने सन्देश दिन चाहन्छौं।”
स्थानीयवासीले आपतविपतमा प्राप्त राहतप्रति आभार व्यक्त गरेका छन्।
बाढी र पहिरोका कारण अझै केही गाउँहरूमा उद्धार र राहत पुर्याउन कठिनाइ भइरहेका छन्। सरकार तथा अन्य संघसंस्थाहरूलाई समेत राहत कार्यमा सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्