पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं, २२ असोज । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दामा एमाले नेता तथा पूर्वमन्त्री राजकुमार गुप्ता र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहित सात जनालाई प्रतिवादी बनाइएको हो।
अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा करिब ७८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। गुप्ताले बिचौलियासँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो।
गुप्ता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री र श्रेष्ठ प्रचण्ड नेतृत्वको सरकारमा भूमि व्यवस्थामन्त्री थिइन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्