सबै दलका दोस्रो र तेस्रो तहका नेताहरूलाई पार्टी पुनर्गठनमा जुट्न युवा नेताहरूको आह्वान
काठमाडौं । विभिन्न राजनीतिक दलका युवा नेताहरूले सबै दलका दोस्रो र तेस्रो तहका नेताहरूलाई पार्टी पुनर्गठनमा जुट्न आह्वान गरेका छन्।
एमाले, माओवादी, नेकपा एसलगायतका दलका २८ जना युवा नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै देशलाई लोकतान्त्रिक दिशामा अघि बढाउन दलहरूको पुनर्गठन अपरिहार्य भएको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, “लामो समयदेखि नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरूलाई बिदा नगरिकन दलहरूको पुनर्गठन सम्भव छैन। त्यसैले, आफ्ना-आफ्ना दलहरूलाई पुनर्गठन गर्ने कार्यमा ढिलाइ नगर्न सबै दलका दोस्रो र तेस्रो तहका नेताहरू तथा जिम्मेवार सदस्यहरूलाई हामी आह्वान गर्दछौँ।”
युवा नेताहरूले पार्टी र राज्यलाई कब्जामा लिएर जे गरे पनि हुन्छ भन्ने मानसिकताका राजनीतिक सम्भ्रान्तहरूलाई जेनजी आन्दोलनले चुनौती दिएको बताएका छन्। उनीहरूको भनाइमा, जेनजी आन्दोलनले राजनीति, प्रशासन र न्यायपालिकालाई भ्रष्टाचारमुक्त, पारदर्शी र परिणाममुखी बनाउन चाहेको छ र त्यसका लागि दलहरूले अब जिम्मेवारी लिनु आवश्यक छ।
मुख्य दलका नेताहरूले अझै पनि नेतृत्व पुस्तान्तरणको मागप्रति बेवास्ता गरिरहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “नेतृत्वमा रहिरहने बहानाबाजी र छलछामले देशलाई अझ ठूला संकटतर्फ धकेल्ने खतरा छ।”

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दोस्रो र तेस्रो तहका नेताहरूलाई पार्टी पुनर्गठनमा जुट्न युवा नेताहरूको आह्वान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्