जेनजी आन्दोलनका भाइरल एक युवकले गरे आफ्नै आमाको हत्या
काठमाडौं । ‘जेनजी आन्दोलन’का क्रममा प्रहरीसँग वादविवाद गर्दै भाइरल बनेका एक युवकले आफ्नै आमाको हत्या गरेको घटना सार्वजनिक भएको छ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले आइतबार राति धारिलो हतियार प्रयोग गरी आफ्नी ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालका अनुसार घटनापछि प्रहरीले कँडेललाई प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिएको छ। यो घटनापछि सिंगो गाउँ शोक र स्तब्धतामा डुबेको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका भिडिओहरूमा यमबहादुर कँडेल निकै भाइरल भएका थिए। उनले भिडिओमा ‘मेरो आँखामा डर छ? हेर्नुस् म डराएको छु? मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिन’ भन्ने संवाद बोलेका थिए, जसले उनलाई सामाजिक सञ्जालमा चर्चित बनाएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जेनजी आन्दोलनका भाइरल एक युवकले गरेआफ्नै आमाको हत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्