रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने
असोज । लगातारको वर्षाको कारण रोशी खोलामा आएको भीषण बाढीले बिपी राजमार्गमा क्षति पुर्याएको छ । बाढीको कारण बिपी राजमार्ग ठप्प भएको छ ।
खोलामा ठूलो बाढी आएपछि गत वर्ष बाढीले बगाएको ठाउँ उकासेर रोशी खोला किनारमा बनाएको सडक अधिकांश ठाउँमा बगाएको नेपालथोबाट राज मैनालीले जानकारी दिए ।
गत वर्ष पनि रोशी खोला र सुनकोशी नदीमा बाढी आउँदा बिपी राजमार्गमा ठूलो क्षति भएको थियो । अघिल्लो वर्षको असोज महिनामा आएको बाढीले रोशी खोलामा बगाएको बाटो अस्थायी रूपमा सञ्चालन गरिएको थियो । अहिले सोही सडक बगाएको छ । सडक बगाएपछि पूर्वबाट काठमाडौं छिर्ने यातायात साधन अब दोलखाको चरिकोट घुमेर काठमाडौं आउजाउ गर्नुपर्ने भएको छ ।
सडक विभागका महानिर्देशक विजय जैशीले बिपी राजमार्ग बन्न कम्तीमा सात दिन लाग्ने बताए । उनले खोलामा पानीको बहाव कम भएपछि सडक मर्मतको काम थालिने जानकारी दिए । खोलाले गत वर्ष जस्तै सडक कटान गरेको जैशीले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्