हितेन्द्रलाई कुलमानको सन्देश– जेनजी पुस्ता र समयको माग बुझेर बाटो खुला गर्नू
असोज । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले जेनजी पुस्ताको माग र समय बुझेर मार्ग प्रशस्त गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सन्देश पठाएका छन् ।
साउनमा कार्यकाल सकिने कुलमानलाई हटाएर तत्कालीन सरकारले हितेन्द्रलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । जेनजी आन्दोलनपछिको समय र जनताको आवाज बुझेर बाटो खुला गर्नुपर्ने घिसिङले बताएका छन् ।
नेपाल प्रेससँगको संक्षिप्त टेलिफोन कुराकानीमा मन्त्री घिसिङले सबैले आफ्नो विवेक प्रयोग गरेर आजको मागअनुसार बाटो खुला गर्नुपर्ने भन्दै त्यसपछि मात्र विकल्प सोचिने बताएका छन् । आन्दोलनका क्रममा शाक्यको पनि घर आगजनी भएको छ ।
शाक्य जेनजी आन्दोलनअघि नै सरकारी कार्यक्रममा भाग लिन कोरिया गएका थिए । उनी आजै स्वदेश फर्किदैछन् । शाक्य आफैँले परिस्थिति बुझेर पद त्याग गरुन् भन्ने आशय मन्त्रीको रहेको निकट स्रोतले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #हितेन्द्रलाई कुलमानको सन्देश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्