Techie IT
शुक्रबार, कात्तिक ८,२०८२

जेनजी आन्दोलनमा मृत्यु हुनेकाे संख्या ७२ पुग्याे, मृतकका प्रत्येक परिवारलाई दश लाख दिने सरकारकाे निर्णय


जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारी, प्रहरी र कैदीबन्दी गरेर हालसम्म ७२ जनाको मृत्यु भएको छ ।

हालसम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदी र ३ जना प्रहरी गरि ७२ जनाको मृत्यु भएको हो ।

त्यस्तैगरी हालसम्म १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भइ विभिन्न अस्पतालमा उपचारका क्रममा रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री सुशिला कार्कीले मृतकप्रति भावपूर्ण  श्रद्धाञ्जली दिँदै घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना गरिन्।

 

प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्दै मृतकका प्रत्येक परिवारलाई सरकारले दश लाख रुपैँया दिने समेत घोषणा गरिन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जेनजी आन्दोलनमा मृत्यु हुनेकाे संख्या ७२ पुग्याे


तपाईको कमेन्ट लेख्नुहोस्