Techie IT
सोमबार, पुस १४,२०८२

काठमाडौंको कर्फ्यू र निषेधाज्ञा हटेको हो ?


काठमाडौं । नेपाली सेनाले काठमाडौं, ललितपुर, भक्तपुरलगायत विभिन्न जिल्लामा लगाएको कर्फ्यू र निषेधाज्ञा अहिले हटेको छ ।

जेनजी आन्दोलनपछिको विषम परिस्थिति र असुरक्षाको कारण देखाउँदै सेनाले ४ दिनदेखि दैनिक निषेधाज्ञा र कर्फ्यू आदेशसम्बन्धी सूचना जारी गर्ने गरेकोमा शनिबार साँझबाट भने थप सूचना आएको छैन । आज बिहान ६ बजेसम्म मात्र कर्फ्यू कायम थियो ।

यसैबीच हामीले नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतलाई यसबारे सोध्यौं । उनले कर्फ्यू, निषेधाज्ञा अहिले केही नरहेको बताएका छन् ।

आज बिहानैदेखि उपत्यकाको सडकमा चहलपहल बढेको छ । जनजीवन सामान्य बनेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौंको कर्फ्यू र निषेधाज्ञा


तपाईको कमेन्ट लेख्नुहोस्