टोखावासीको एकताले जोगियो दुई पटक आक्रमण प्रयासको भाटभटेनी
भदौ २४ गते मंगलबार देशभर भाटभटेनी सुपरस्टोरका २८ मध्ये २१ शाखामा तोडफोड, लुटपाट र आगजनी भयो। तीमध्ये १२ शाखामा लुटपाटपछि आगजनी र ९ शाखामा केवल लुटपाट र तोडफोड भएको हो। सात शाखा भने सुरक्षित रहे, जसमा टोखा शाखा पनि पर्छ।
टोखा शाखा सुरक्षामा स्थानीय बासिन्दाको ठूलो भूमिका रह्यो। दुई पटक आक्रमणको प्रयास भए पनि स्थानीयले एकजुट भएर स्टोरको रक्षा गरे। रातभर पालो गरेर सुरक्षा दिएका थिए। पछि सेनाले सुरक्षा जिम्मा लिए पनि स्थानीयको निरन्तर सहयोग जारी छ।
स्थानीय सुशीला अधिकारीले “भाटभटेनी जोगाउनु हाम्रो दायित्व हो” भन्दै समुदायको एकताको महत्व बताइन्। कर्मचारीहरूले पनि स्थानीयको सहयोग नपाएको भए स्टोर जलेर सकिने धारणा व्यक्त गरेका छन्।
हाल स्टोर सञ्चालन कहिलेबाट हुने टुंगो छैन।
क्याटेगोरी : समाचार
ट्याग : #टोखावासीको एकताले जोगियो भाटभटेनी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्