कर्फ्यू भाेलि बिहान ६ बजेसम्म- ताेडफाेड, लुटपाट, आगजनी र व्यक्ति लक्षित आक्रमण गरे कडा कारबाही गरिने
काठमाडौं । नेपाली सेनाले आज बेलुकी ५ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । सेनाले मुलुकमा उत्पन्न विपद् परिस्थितिका कारण शान्ति सुरक्षा कायम राख्न आज बेलुकी ५ बजेसम्म कर्फ्यु लगाएको हो ।
नेपाली सेनाले जारी गरेको विज्ञप्तिअनुसार आज लागू भएको निषेधाज्ञा भोलि (भदौ २६) बिहान ६ बजेसम्म निरन्तर रहनेछ । त्यसपछि पनि अवस्थाको समीक्षाअनुसार थप निर्णय हुने बताइएको छ ।
आन्दोलनका नाममा अराजक गतिविधि, तोडफोड, आगजनी, लुटपाट, हिंसात्मक आक्रमण तथा व्यक्तिलक्षित आपराधिक कार्यहरू भइरहेका कारण देशभर शान्ति–सुरक्षामा गम्भीर चुनौती देखिएकाले कर्फ्यु जारी गरिएको सेनाको भनाइ छ ।
कर्फ्यु तथा निषेधाज्ञाको अवधिमा एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारी साधन सञ्चालन हुने र आवश्यक सहजीकरणको लागि नजिकैका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सकिने सेनाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्