काठमाडौं जिल्ला कमिटी सदस्य आदित बोहराद्वारा एमाले परित्याग
काठमाडौं । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटी सदस्य आदित बोहराले पार्टी पद र साधारण सदस्यता दुवै परित्याग गरेका छन्।
सोमबार सार्वजनिक वक्तव्य जारी गर्दै उनले नेपालमा दशकौँदेखि निरन्तर नेतृत्व गरिरहेका पुराना राजनीतिक पात्रहरूले युवाप्रति देखाएको बेवास्ता र उदासीनताले आफू मात्र होइन सम्पूर्ण पुस्ता निराश भएको बताए।
“देशमा बढ्दै गएको भ्रष्टाचार, अवसरको अभाव र युवाको आवाजलाई दबाउने प्रवृत्तिले अब सहनसक्ने सीमा नाघेको छ,” उनले भने।
राजीनामालाई ‘पलायन होइन, नयाँ यात्राको सुरुवात’ भन्दै बोहराले आगामी दिनमा युवाको वास्तविक आवाज बोकेको फरक बाटो रोज्ने दृढता व्यक्त गरे। “हामी युवाहरूले नै राष्ट्रलाई व्यवहारमै नयाँ दिशातर्फ अघि बढाउनेछौँ भन्नेमा म दृढ छु,” उनले बताए।
उनले यस यात्रामा साथ, विश्वास र प्रेरणा दिने सम्पूर्ण साथी, अभिभावक, शुभेच्छुक तथा आम नागरिकप्रति आभार प्रकट गरेका छन्।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्