Techie IT
शुक्रबार, कात्तिक २२,२०८२

काठमाडौं जिल्ला कमिटी सदस्य आदित बोहराद्वारा एमाले परित्याग


काठमाडौं । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटी सदस्य आदित बोहराले पार्टी पद र साधारण सदस्यता दुवै परित्याग गरेका छन्।

सोमबार सार्वजनिक वक्तव्य जारी गर्दै उनले नेपालमा दशकौँदेखि निरन्तर नेतृत्व गरिरहेका पुराना राजनीतिक पात्रहरूले युवाप्रति देखाएको बेवास्ता र उदासीनताले आफू मात्र होइन सम्पूर्ण पुस्ता निराश भएको बताए।

“देशमा बढ्दै गएको भ्रष्टाचार, अवसरको अभाव र युवाको आवाजलाई दबाउने प्रवृत्तिले अब सहनसक्ने सीमा नाघेको छ,” उनले भने।

राजीनामालाई ‘पलायन होइन, नयाँ यात्राको सुरुवात’ भन्दै बोहराले आगामी दिनमा युवाको वास्तविक आवाज बोकेको फरक बाटो रोज्ने दृढता व्यक्त गरे। “हामी युवाहरूले नै राष्ट्रलाई व्यवहारमै नयाँ दिशातर्फ अघि बढाउनेछौँ भन्नेमा म दृढ छु,” उनले बताए।

उनले यस यात्रामा साथ, विश्वास र प्रेरणा दिने सम्पूर्ण साथी, अभिभावक, शुभेच्छुक तथा आम नागरिकप्रति आभार प्रकट गरेका छन्।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्