तारकेश्वरमा पुराना दलप्रति युवा मोहभंग: कांग्रेस–एमालेका नेताहरूले गरे पार्टी परित्याग
जेनजी आन्दोलनपछि देशभर फैलिएको पुराना राजनीतिक दलप्रति असन्तुष्टि तारकेश्वर नगरपालिकामा पनि गहिरिँदै गएको छ। दलभित्रको विकृति–विसंगति, चाकरीवाद, भ्रष्टाचार र जनअपेक्षाको बेवास्ताले वाक्क भएका युवा नेताहरूले धमाधम पार्टी परित्याग गरिरहेका छन्।
यसै क्रममा तारकेश्वर नगरका युवासँगै अनेरास्ववियु ग्रामीण आदर्श कलेज इकाईका अध्यक्ष अशोक खनाल, उपाध्यक्ष आ.सि पौडेल, सचिव बचन विक, सहसचिव मंगल बम, सम्झना तामाङ र कोषाध्यक्ष मिलन गजुरेलले संगठन परित्याग गरेका छन्। उनीहरूले पार्टीभित्रको दमन, हत्या, भ्रष्टाचार र चाकरी संस्कृतिको विरोध गर्दै नयाँ राजनीतिक मूल्य–मान्यताको खोजीमा आफूहरू अगाडि बढ्ने बताएका छन्।
यस्तै, तारकेश्वरका सक्रिय युवा नेता तथा नगर कमिटी अध्यक्ष सुनिल मर्हजनले पनि पार्टी परित्याग गरेका छन्। मर्हजनले परिवर्तनका लागि युवा पुस्ताले अब वैकल्पिक मार्ग रोज्नुपर्ने आवश्यकता औंल्याएका छन्।
नेपाली कांग्रेसबाट पनि असन्तुष्टिहरू सतहमा आउन थालेका छन्। पार्टीका स्थानीय नेताहरू सुवर्ण घिमिरे र महेश धिताले पनि कांग्रेस छाडेको घोषणा गरेका छन्। उनीहरूले जनताको पक्षमा ठोस काम गर्न नसक्ने दलसँग भविष्य नदेखिएकाले त्याग गरेको स्पष्ट पारेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा पुराना दलप्रति युवा मोहभंग: कांग्रेस–एमालेका नेताहरूले गरे पार्टी परित्याग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्