टिचिङमा उपचाररत दुईको अवस्था गम्भीर
काठमाडौं । जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा घाइते भएका २५ जना बिरामीको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।
प्रदर्शनमा घाइते भएका सोमबार २९ जनालाई टिचिङ अस्पताल लगिएको थियो । जसमध्ये ६ जनालाई डिस्चार्ज गरिसकिएको छ ।
अस्पतालको सुचना अधिकारी काली प्रसाद रोस्याराका अनुसार एक जनाको मुटुमा समस्या देखिएर मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरिएको छ ।
‘दुई जना गम्भीर खालका बिरामी हुनुहुन्छ । ६ जनालाई शल्यक्रिया गर्नुपर्ने देखिएको छ,’ रोस्याराले भने, ‘दुई जनाको शल्यक्रियाको आजको लागि तयारी गरेका छौं ।’
क्याटेगोरी : समाचार
ट्याग : #टिचिङमा उपचाररत दुईको अवस्था गम्भीर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्