कांग्रेसका शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा
काठमाडौं । जेनजीको आन्दोलनमा हिजो १९ जनाको मृत्यु भएपछि सरकार छोड्न पर्ने भनेर दबाब बढेको बेला कांग्रेसका मन्त्रीहरु बेग्लै छलफलमा जुटेका छन् । कांग्रेसबाट स्वास्थ तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले कांग्रेसका मन्त्रीहरुले सयुक्त राजीनामा दिने वा के गर्ने भन्ने विषयमा अहिले छलफल भैरहेको बताए ।
कांग्रेसबाट प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू सरकार छन् । सिंह उपप्रधान तथा सहरी विकास मन्त्री हुन् । भने, परराष्ट्र मन्त्री आरजु राणाा देउवा , खेलकुद मन्त्री तेजुलाल चौधरी, कानुन मन्त्री अजय चौरसिया, उर्जा मन्त्री दीपक खड्का, वन मन्त्री ऐनबहादुर शाही, स्वास्थ मन्त्री प्रदीप पौडेल, कृषि मन्त्री रामनाथ अधिकारी र पर्यटन मन्त्री बद्री पाण्डे सरकारमा सहभागी छन् ।
सरकारमा सहभागी नेपाली कांग्रेसका नेता डा।शेखर कोइराला पक्षका मन्त्रीहरुलाई राजीनामाको निर्देशन दिइएको छ । सरकारबाट फिर्ता हुन सभापति देउवा नमानेपछि कोइरालाले आफूनिकट मन्त्रीहरुलाई राजीनामा गर्न भनेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कांग्रेसका शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्