एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि १० समूहमा छलफल
भदौ । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरुमाथि दश समूहमा छलफल सुरु भएको छ ।
सात प्रदेश, उपत्यका विशेष, जनसंगठन र प्रवास गरी दश समूहले प्रतिवेदनहरुमाथि छलफल सुरु गरेको हो ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको संगठनात्मक, निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बा, लेखा आयोगका डा. पुष्प कँडेल, अनुशासन आयोग संयोजक केशब वडाल र सल्लाकार परिषद् संयोजक अमृत बोहोराले प्रतिवेदन पेश गरेका थिए ।
प्रतिनिधिहरुलाई प्रस्तुत भएका प्रतिवेदनमाथि फरक मत तथा असहमित भए आ–आफ्नै समूहमा बहस गर्न अध्यक्ष ओलीले निर्देश गरेका छन् ।
दश समूहमा सबै प्रतिवेदनमाथि छलफल हुनेछ । प्रत्येक समूहले बहस नोट कमिटी, छलफलको प्रतिवेदन लिखित र टोली नेताले प्रतिवेदन हलमा पेश गर्न महासचिव पोखरेलले निर्देश गरेका छन् ।
त्यसैगरी, बन्दशत्रले सचिव लेखराज भट्टको संयोजकत्वमा बहस नोट कमिटी गठन भएको छ । जसमा सदस्यहरु स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटब्युरो सदस्य सूर्य थापा, जुली महतो, केन्द्रीय सदस्य विष्णु रिजाल, निरज आचार्य र विष्णुमाया विक रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमाले विधान महाधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्