मासुको मुल्यमा एकरुपता गर्न व्यवसायीलाई टोखा नगरपालिकाको पत्रचार
न्यूज अफ टोखा काठमाडौँ । टोखा नगरपालिका २ नं वडा कार्यालयले राँगाको मासुको मुल्य निर्धारण गरी सोही अनुसार बिक्रि वितरण गर्न मासु व्यवसायी तथा खुद्रा मासु बिक्रेताहरुलाई पत्रचार मार्फत निर्देशन गरेको छ ।
कोभिड १९ महामारी विश्वमा फैलिरहेको बेलामा मासु व्यवसायीहरुले मनपरि मुल्य लिने गरेको भन्दै जनगुनासा आउन थाले पछि कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि गठित खाद्यान्न सामाग्री व्यवस्थापन तथा अनुगमन उपसमितिले अनुगमन पश्चात दिएको जानकारीको आधारमा वडा कार्यालयले राँगाको मिश्रित मासु प्रति के.जी ३२०।- र फल मासु ३७०।- मुल्य निर्धारण गरी मासु व्यवसायीहरुलाई पत्रचार गरिकएको वडा कार्यालयले जानाएको छ ।
कोभिड-१९ विषम परिस्थितिमा मासु व्यवसायी तथा खुद्रा मासु बिक्रेताहरुले मनपरि रुपमा प्रति के.जी रु ४०० देखि ५००।- सम्म लिने गरेको छ ।
लकडाउनको समयमा भीडभाड नगरी समाजिक दुरी कायम गरी स्वस्थकर मासु वडाले निर्दिष्ट गरेको मूल्य भित्र रही बंधशाला मापडण्द अनुसार काम गर्न तथा ग्राहकले देखिने गरी मूल्य सूची राखि बिक्री वितरण गर्न समेत वडा कार्यालयले मासु व्यवसायी तथा खुद्रा मासु व्यवसायीलाई पत्रमार्फत निर्देशन दिएको छ ।
वडाले जारी गरेको पत्राअनुसार कार्य भए नभएको वडास्तरीय खाद्यान्न सामाग्री व्यवस्थापन तथा अनुगमन उपसमितिले अनुगमन गरी अट्टेर गरेको पाइएमा स्थानीय सरकार संचालन ऐन तथा नेपालको पशुबंध ऐन अनुसार कारबाही गरिने वडाले जनाएको छ ।
लकडाउनको विषम परिस्थितिमा मनोमानि ढंगले मासुको मुल्य बढाए सर्वसाधारणहरुलाई मर्कामा पारिरहेको अवस्थामा स्वयं ग्राहकहरु पनि सचेत र जागरुक हुनु पर्ने देखिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मासुको मुल्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्