टोखामा समातिए सेयर बजारका बादशाह
काठमाडौं । सेयर बजारका बादशाह दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरले टोखाबाट उनलाई पक्राउ गरेको हो ।
उनलाई ठगी र विश्वासघातको कसूरमा पक्राउ गरिएको परिसरका प्रमुख विश्व अधिकारीले जानकारी दिए । उनीविरुद्ध २२ करोड ठगीको अरोप छ। उनले शेयर कारोबार मार्फत लगानीकर्ता र धितोपत्र दलाल कम्पनीलाई ठगी गरेको भन्दै नेपाल धितोपत्र बोर्डले कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनले सामाजिक सञ्चालको दूरुपयोग गर्दै शेयर बजारबारे गलत अफवा फैलाउँदै आएका थिए । सामाजिक सञ्चाल टिकटक मार्फत उनले विभिन्न कम्पनीहरुको शेयर खरिद गर्न उक्साउँथे । लगानीकर्ताले सो कम्पनीहरुको शेयर खरिदगर्न थालेपछि उनले सो कम्पनीको शेयर बिक्री गर्ने गरेको प्रहरीको भनाई छ । अग्रवालले १५ वटा टीएमएस आफैले सञ्चालन गर्ने र आफ्नो शेयर आफैले किनबेच गर्ने गर्दथे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखामा समातिए सेयर बजारका बादशाह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्