Techie IT
शुक्रबार, असार १२,२०८३

तारकेश्वर फुटुङमा युवती मृत फेला


काठमाडौंको तारकेश्वरमा एक युवती मृत भेटिएकी छन्।

सोमबार बिहान तारकेश्वर नगरपालिका-८ स्थित फुटुङस्थित टुसाल खेल मैदान नजिकै रेलिङमा झुन्डिएको अवस्थामा एक युवती मृत भेटिएकी हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार मृत भेटिएकी युवती अन्दाजी २२/२३ वर्षकी छन्।

घटनाबारे जानकारी प्राप्त भएपछि टोली खटिएको एसपी बोहराले जानकारी दिए।

‘टोली खटिएको छ। अनुसन्धान भइरहेको छ,’ उनले भने।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्