टोखामा मध्यराति २५ जनाको समूहद्धारा नगरपालिकाको नयाँ पर्खालमा तोडफोड, ३८ मिटर पर्खाल र २४ बत्ती क्षतिग्रस्त
टोखा नगरपालिकाको बिनियोजित बजेटबाट दाहालगौडाबाट पश्चिमतर्फ तिलिङ्गाटार माध्यमिक विद्यालय ब्लक ‘बि’ को पूर्वतर्फ निर्माण गरिएको पार्कको पर्खाल अज्ञात समूहद्वारा गए राति करिब १:०० बजे भत्काइएको छ।
मात्र एक महिनाअघि निर्माण सम्पन्न भएको उक्त पर्खालको लम्बाइ ३८ मिटर रहेको छ भने पर्खालमा जडान गरिएका २४ वटा बत्तीहरू समेत तोडफोड गरी क्षति पुर्याइएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार करिब २५ जनाको समूह हतियारसहित योजनाबद्ध रूपमा आएको थियो र उनीहरूले पर्खालमा तोडफोड गरेका थिए।
घटना पश्चात् स्थानीय बासिन्दाहरू ती समूहप्रति तीव्र आक्रोशित भएका छन् र छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

घटनास्थलमा नगर प्रमुख प्रकाश अधिकारी, वडा अध्यक्ष नरोतम राणा, जनप्रतिनिधि गोपी पाठक, सुरक्षा निकाय र स्थानीय बासिन्दाको टोलीले पुगेर घटनाको स्थलगत अवलोकन तथा अध्ययन गरेका छन्।
अराजक समूहद्वारा गरिएको तोडफोडप्रति टोखा नगरपालिकाले विज्ञप्ती मार्फत घोर भत्सर्ना गर्दै दोषीहरूलाई छिटो पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ भने दोषी पहिचान गरी कानुनी कारबाही गरिने जनाएको छ।
क्याटेगोरी :
समाचार
ट्याग : #३८ मिटर पर्खाल र २४ बत्ती क्षतिग्रस्त, #breaking, #टोखामा मध्यराति २५ जनाको समूहले नगरपालिकाको नयाँ पर्खालमा तोडफोड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्