थाइल्यान्डको बैंककमा भानु जयन्ती भव्य रूपमा सम्पन्न
काठमाडौं | थाइल्यान्डस्थित नेपाली राजदूतावासको आयोजना र थाई नेपाली संघ तथा एनआरएनए एनसीसी थाइल्यान्डको सहकार्यमा बैंककमा २१२ औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न भएको छ। नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा संरक्षणका उद्देश्यले आयोजित कार्यक्रममा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओली प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको योगदानको स्मरण गर्दै कविता वाचन, भानु संवाद, रामायण पाठ र शुभकामना मन्तव्यहरू प्रस्तुत गरिएका थिए। कार्यक्रमको विशेष आकर्षणको रूपमा दुई चरणमा कविता वाचन प्रतियोगिता आयोजना गरिएको थियो, जहाँ ७-१२ वर्ष उमेर समूह र १३-१८ वर्ष समूहका बालबालिकाहरूले उत्साहपूर्वक सहभागिता जनाए। विजयी प्रतिभाहरूलाई पुरस्कारसहित सम्मान गरिएको थियो।
यस अवसरमा थाई नेपाली समुदायबीच भाषिक र सांस्कृतिक चेतना अभिव्यक्त हुनुका साथै एकताको भावना अझ बलियो बनाइएको थियो। कार्यक्रमले विशेषतः नयाँ पुस्तामा मातृभाषा र संस्कारप्रतिको अभिरुचि जगाउने भूमिका खेलेको आयोजकहरूको भनाइ छ।
थाई नेपाली संघका संरक्षक कुमार कार्कीले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिंदै भने, “विदेशमा बसेर पनि यस्ता कार्यक्रममार्फत आफ्नो भाषा र संस्कृतिप्रति श्रद्धा प्रकट गर्नु गौरवको विषय हो। यसले नयाँ पुस्तालाई पनि पहिचानप्रतिको चेतना जगाउँछ भन्ने हाम्रो विश्वास छ।”
कार्यक्रममा साहित्यिक व्यक्तित्व, कलाकार, सामाजिक अगुवा र स्थानीय नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अघिल्लो वर्ष झैं यसपालिको कार्यक्रमले पनि नेपाली एकता र संस्कृतिक महत्वलाई प्रवर्द्धन गर्न सफल भएको आयोजकले जनाएको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्