मञ्चमा बालेन–सुनिता संवाद, गुरागाईंसँग भएन बोलचाल
काठमाडौं । बजेट ल्याउनैपर्ने बाध्यताका कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं एकठाउँमा उभिएका छन् । महानगरको नगरसभाको १७औँ अधिवेशनको पहिलो र दोस्रो बैठकमा तीनैजना एउटै मञ्चमा देखिएका हुन् ।
राष्ट्रिय सभागृहमा जारी नगरसभाको दोस्रो बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ बजेटमाथि छलफल चलिरहेको छ ।
मञ्चमा शाह र डंगोलबीच सामान्य कुराकानी भएको थियो । तर, मेयर शाह र गुरागाईंबीच बोलचाल भएन । एउटै मञ्चमा बसे पनि उनीहरूबीचको तिक्तता देखियो ।
मेयर शाहले गत वर्ष पुसमा काठमाडौं टावरको प्रक्रिया नपुर्याएरै गुरागाईंले नक्सापास गरेको आरोप लगाएका थिए । त्यसपछि सुरु भएको विवाद अझै साम्य भइसकेको छैन ।
मेयर शाहले गुरागाईंसँग बैठक नबस्ने अडान राखेपछि लामो समय उपमेयर डंगोल, महानगरका प्रवक्ता नवीन मानन्धरबीच विभिन्न चरणमा वार्ता भएको थियो । तर, कुनै निष्कर्ष आउन सकेको थिएन ।
असार मसान्तसम्म बजेट ल्याउनैपर्ने बाध्यताका कारण मेयर शाह गुरागाईंसँग बैठक बस्न तयार भएका हुन् ।
मेयरले असार २७ गते कार्यपालिका बैठक बोलाएका थिए । कार्यपालिका बैठकका लागि २४ एजेन्डा तय गरिएका थिए ।
तर, मेयर शाहले पहिलो नम्बरमा रहेको बजेट ल्याउने प्रस्तावमात्र राखे । कुल ४५ सेकेन्डमै बैठक सकिएको घोषणा गरे । त्यस बैठकमा पनि उनले प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरेका थिएनन् ।
“सबै प्रमाणित गर्ने कामहरू भएका छन् । हुनुपर्ने निर्णयहरू भएकै छन् । तर, व्यक्तिगतरूपमा म बोल्दिनँ भन्न त पाइयो । कुरा प्रमुख प्रशासकीय पदसँगको हो । व्यक्तिसँगको होइन,” महानगर स्रोतले भन्यो ।
नगरसभाको पहिलो बैठकमा मेयर शाहले सबै कार्यपालिका सदस्यहरूले साथ दिनुपर्ने बताएका थिए । उपमेयर डंगोलले पनि बजेट ढिलो आएकामा माफी मागेकी थिइन् ।
स्थानीय तहले असार १० गतेभित्र बजेट नगरसभामा पेस गर्नुपर्ने प्रावधान छ । तर, महानगरमा विवादका कारण समयमै बजेट आउन सकेको थिएन । साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गुरागाईंसँग भएन बोलचाल, #मञ्चमा बालेन–सुनिता संवाद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्