टोखामा वाल भत्किँदा झोर हुँदै नुवाकोट जाने बाटो अवरुद्ध, यो वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काठमाडौं, असार ३२ । गएराति करिब ११:३० बजे टोखा नगरपालिका–२ स्थित थलाग टोलमा रहेको वाल भत्किँदा झोर हुँदै नुवाकोटतर्फ जाने आन्तरिक मार्ग अवरुद्ध भएको छ।
टोखा वडा नं. २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठका अनुसार सडक अवरुद्ध भएकाले केही दिनसम्म सो मार्ग प्रयोग गर्न नसकिने भएकाले यात्रुहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।
वडा कार्यालयका अनुसार, अवरुद्ध भएको सडकको विकल्पमा बालाजु–नेपालटार–साङ्ला–झोर मार्ग र टोखा गेटको बाहिरी मुख्य सडक प्रयोग गर्न सकिनेछ।
हाल सम्बन्धित निकायबाट बाटो खुलाउने प्रयास भइरहेको छ। स्थानीयहरुलाई सावधानीपूर्वक आवतजावत गर्न पनि वडा अध्यक्ष श्रेष्ठले सुझाव दिएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखामा वाल भत्किँदा झोर हुँदै नुवाकोट जाने बाटो अवरुद्ध, #यो वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्