टोखा को भगवती क्लब को पोष्टमा आधा दर्जन गोल
काठमाडौं । मछिन्द्र क्लब एन्फा यू–१६ युथ लिगमा ६–० ले विजयी भएको छ । मछिन्द्रले मंगलबार श्री भगवती क्लब टोखालाई ६–० ले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा मछिन्द्रलाई जित दिलाउन विकास थापाले ह्याट्रिक गरे । त्यसैगरी कुमार योञ्जन र राहुलकुमार योञ्जनले समान दुई गोल गर्दा करन धामीले एक गोल गरे ।
मछिन्द्रले पहिलो र दोस्रो हाफमा समान तीन गोल गरेको थियो ।
खेलको २०औँ मिनेटमा राहुलले मछिन्द्रलाई अग्रता दिलाए । २५औँ मिनेटमा विकासले अग्रतालाई दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा राहुलले गोल गरेपछि टोलीले ३–० को अग्रता कायम गर्यो । ८०औँ मिनेटमा विकासले गोल गर्दै अग्रतामा एक गोल थपे । ९०औँ मिनेटमा करनले अग्रतालाई ५–० को अवस्थामा पुर्याए । इन्जुरी समयमा विकासले ह्याट्रिक गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
जितसँगै मछिन्द्रले लिगमा १३ अंक जोडेको छ । अब पाँचौँ जितको लागि मछिन्द्रले डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । खेल शुक्रबार (साउन २ गते) दिउँसो १ बजे हुनेछ ।
पराजित भगवतीले भने पाँचौँ खेलमा न्युरोड टिम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ । खेल बिहीबार (साउन १ गते) दिउँसो ४ बजे हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखा को भगवती क्लब को पोष्टमा आधा दर्जन गोल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्