Techie IT
सोमबार, वैशाख ७,२०८३

मेरो जिम्मेवारीबारे केन्द्रीय कमिटीले निर्णय गर्छ : विद्या भण्डारी


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो जिम्मेवारीका बारेमा केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी छन् । उनले एमालेको विधान महाधिवेशनमा भाग लिने विषय सिन्द्धान्ततः दशौं महाधिवेशनका प्रतिनिधिले नै भाग लिने भएका पनि केन्द्रीय सदस्य र प्रतिनिधि नयाँ थपिएकाले पार्टीले यसबारे निर्णय गर्ने बताइन् ।

एमालेमा आफू सक्रिय भइसकेको भन्दै भण्डारीले आफूलाई कुन जिम्मेवारी दिने भन्नेबारे सोही कमिटीको बैठकले तय गर्ने प्रष्ट पारेकी हुन् । मदन भण्डारी फाउन्डेशनमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले महाधिवेशन नभएसम्म केन्द्रीय कमिटी नै उपल्लो तहको नेतृत्व भएको बताइन् ।

दशौं महाधिवेशनमा भाग नलिएका व्यक्ति पनि केन्द्रीय सदस्य र प्रतिनिधि मनोनीत भएको भन्दै मनोनयबाट आफू त्यसमा सहभागी हुन सक्ने तर्क पूर्व राष्ट्रपतिले गरेकी छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विद्या भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्