च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने तरिका बन्द गरौँ : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीभित्र बढ्दो अन्तरविरोध र एकअर्कालाई ललकार्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै यस्तो अभ्यास तत्काल रोक्नुपर्ने बताएका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः आगमनपछि पार्टीभित्र आन्तरिक टिप्पणीहरू बढेका छन्। सोही सन्दर्भमा सचिव भट्टराईले सबैलाई संयमित हुन आग्रह गरेका हुन्।
उनले भने, “च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने — कृपया यस्तो अभ्यास बन्द गरौं। अब बसौँ, आपसमा गम्भीर विमर्श गरौं।”
उनका अनुसार सहकार्यमार्फत समाधान खोज्नु नै जनताको बहुदलीय जनवाद (जबज) को मर्म हो र यसैले राष्ट्र, जनता र पार्टीलाई एउटै मोर्चामा उभ्याउने आधार बन्न सक्छ।
उनले थपे, “सहकार्यमार्फत समाधान खोजौँ, जबजको मर्म यही हो। राष्ट्र, जनता र एमाले — हामी सबै एकै ठाउँमा उभिने साझा आधार निर्माण गरौं।”
पार्टीका महासचिव शंकर पोखरेलले पनि नेताहरूलाई गुटबन्दी र कित्ताकाट नगर्न स्पष्ट चेतावनी दिएका छन्।
त्यस्तै, स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीको संस्थागत निर्णय नमान्नेहरू नोटिसमा रहेको भन्दै सचेत गराएका छन्। उनले नेतृत्वविरोध नै नेतृत्वको पहिचान बन्ने सोच छाड्न नेता-कार्यकर्तालाई आग्रह गरेका छन्।
यसैबीच, नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालमार्फत व्यंग्य गर्दै लेखेका छन्, “बजारमा नोटिस हिट भएछ, तर मान्छेहरू भने ‘नो निड टु टिच’ भन्न थालेछन्।”
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #योगेश भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्