Techie IT
शुक्रबार, चैत्र २०,२०८२

कांग्रेसको कारबाही शेखर समूहले नमान्ने, प्रतिवाद गर्ने


असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठकले पार्टीले विभिन्न नेता, कार्यकर्ताहरुमा पार्टी अनुशासन कारबाहीका नाममा एकतर्फी प्रक्रिया अगाडि बढाएकोप्रति आपत्ति जनाएको छ ।

बिहीबार बसेको कोइराला समूहको बैठकले कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका नेताहरूलाई गरेको कारबाही विधान विपरीत र एकतर्फी भएको ठहर गरेको हो ।

हिजो बुधबार कांग्रेस केन्द्रीय अनुशासन समितिले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका वा पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध असहयोग गरी पराजित गराउने गलत मनशायका गतिविधि गरेको भन्दै पार्टीका केही नेता, कार्यकर्तालाई निस्काशन र निलम्बन गरिएको निर्णयसहितको विज्ञप्ति सार्वजनिक गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #\, #breaking, #कांग्रेसको कारबाही शेखर समूहले नमान्ने


तपाईको कमेन्ट लेख्नुहोस्