नेकपाद्धारा स्थायी कमिटी आव्हान, गौतमलाई प्रतिनिधि सभाको सदस्य बनाउने निर्णय
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
२५ गते बिहान ११ बजे काठमाडौंमा बस्ने बैठकअघि २४ गते पार्टी सचिवालयको बैठक बोलाइएको छ। सचिवालय बैठकले स्थायी कमिटी बैठकमा प्रस्ताब गरिने एजेन्डा तय गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यसैगरी बैठकमा प्रधानमन्त्री ओलीले आफूबाट भएका गल्तिकमजोरीको आत्मआलोचना गरेका छन् ।
‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धती र कम्युनिस्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएका छौं’ प्रवक्ता श्रेष्ठ भने, ‘पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मालोचना गर्नु भएको छ ।’
बैठकले पार्टीका उपाध्यक्ष गौतमलाई प्रतिनिधी सभाको सदस्य बनाउने निर्णय गरेको छ । यसअघि पार्टीले राष्टिय सभामा लैजाने निर्णय गरेको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, वातावरण-कृषि, विशेष, समाचार
ट्याग : #सचिवालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्