टोखा नगर खेलकुद विकास समितिबाट पाँच संस्थालाई खेलकुद सामग्री वितरण
टोखा, काठमाडौं । टोखा नगरपालिका अन्तर्गत खेलकुद प्रवर्द्धनका लागि गठित टोखा नगर खेलकुद विकास समितिले पाँच खेल संस्था तथा क्लबहरूलाई खेलकुद सामग्री वितरण गरेको छ।
खेलकुद सामाग्री वितरण कार्यक्रम मंगलबार टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, उप–प्रमुख मुरारी तामाङ तथा टोखा नगर खेलकुद विकास समितिका संयोजक तथा वडा नं. ७ का अध्यक्ष नरोत्तम रानाको विशेष उपस्थितिमा सम्पन्न भयो।
खेलकुद सामग्री पाउने संस्थाहरू यस प्रकार छन्:
१. श्री भगवती क्लब
२. सितोरियो दोजाङ
३. गोर्खा खुकुरी मार्सल
४. बाल प्रेमी क्लब
५. किक बक्सिङ क्लब
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले भने, “हाम्रो नगरका युवामा खेलकुदप्रतिको आकर्षण बढ्दो छ। हामीले खेलाडी उत्पादन गर्न र खेल संस्कृति प्रवर्द्धन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौं। सामग्री वितरणले खेल संस्था र खेलाडीहरूलाई थप प्रेरणा दिनेछ भन्ने विश्वास लिएका छौं।”
कार्यक्रममा उपस्थित अन्य अतिथिहरूले पनि खेलकुदको माध्यमबाट समुदायमा एकता, अनुशासन र नेतृत्व विकास हुने बताए।
टोखा नगरपालिकाले आगामी दिनमा थप खेल संरचना विकास तथा प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको बताइएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगर खेलकुद विकास समितिबाट पाँच संस्थालाई खेलकुद सामग्री वितरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा







तपाईको कमेन्ट लेख्नुहोस्