बालेनलक्षित सुनिताको टिप्पणी– डुंगामा प्वाल पारेर आफूमात्रै बाँच्ने दुर्भाग्यको बाटो नरोजौँ
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बैठकको सामना गर्न दिनुपर्ने बताएकी छन् । आज सामाजिक सञ्जालमा एक सन्देश सार्वजनिक गर्दै उनले प्रमुख प्रशासकीय अधिकृतलाई बैठकमा सहभागी नगराई जनप्रतिनिधिलाई नै प्रश्न गर्ने अवसरबाट वञ्चित गराउन नहुने बताएकी छन् ।
“यसरी उहाँलाई बैठकबाट बाहिर राख्दा जनप्रतिनिधिका प्रश्नबाट भाग्न खोजिएको हो कि भन्ने संशय जनतामा उठ्न सक्छ,” डंगोलले भनेकी छन्, “त्यसैले प्रमुख प्रशासकीय अधिकृतलाई जनप्रतिनिधिका प्रश्नबाट भाग्न दिने होइन, बरु उहाँले बैठकमा नै सामना गर्नुपर्ने भएकाले उहाँको उपस्थिति अनिवार्य हुनुपर्छ भन्ने मेरो दृढ मान्यता छ ।”
उनले प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेटलगायत महत्त्वपूर्ण कामलाई अवरोध पुर्याउन नहुने बताएकी छन् ।
“यो बेला यो वा त्यो बहानामा बजेट नल्याउनु बिल्कुलै उचित होइन । यदि, प्रमुख प्रशासकीय अधिकृत दोषी ठहरिनुहुन्छ भने उहाँलाई कानुनबमोजिम तत्काल कारबाही हुनुपर्छ भन्नेमा म सधैँ अडिग छ,” उनले भनेकी छन्, “तर, हाल प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिना नै कार्यपालिका र नगरसभाका बैठक राख्ने विषयले समस्या उत्पन्न गरेको भन्ने समाचारहरू आएका छन् । कानुनी हिसाबले पनि यो उचित छैन भन्नेमा म अडिग छु । प्रमुख प्रशासकीय अधिकृतको सन्दर्भमा जनप्रतिनिधिले उहाँलाई बैठकमा नै राखेर खुलारूपमा प्रश्न गर्न पाउनुपर्छ भन्ने मेरो मान्यता छ ।”
बजेट निर्माणका लागि आवश्यक पर्ने कार्यपालिका र नगरसभाका बैठकअघि बस्ने बजेट तर्जुमा तथा कार्यक्रम समिति र मेयर नेतृत्वको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिजस्ता महत्त्वपूर्ण समितिका बैठकसमेत बस्न नसकेको नउको भनाइ छ ।
“मैले आफ्नो क्षेत्राधिकारभित्र रहेर जनप्रतिनिधिसँग महानगरपालिकाको बजेट समयमै ल्याउनुपर्छ भनेर पटकपटक अनौपचारिक छलफल गर्दै आएको जानकारी गराइरहनुपर्छ भन्ने लाग्दैन,” उनले भनेकी छन् ।
उनले संविधान र कानुनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी संयमित भएर बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई अपिल पनि गरेकी छन् ।
उनले भनिन्, “डुंगा प्वाल पारेर अरूलाई खसाल्ने र आफूमात्रै बाँच्ने दुर्भाग्यको बाटो रोज्ने, खोज्ने प्रयास नगरौँ । हामी सबै हातेमालो गरेर अघि बढौँ ।”
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालेनलक्षित सुनिताको टिप्पणी– डुंगामा प्वाल पारेर आफूमात्रै बाँच्ने दुर्भाग्यको बाटो नरोजौँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्