ज्वाइँले गरे सासू-ससुरा, पत्नी र सालाेकाे हत्या
काठमाडौं, २२ असार । भोजपुरको रामप्रसादराई गाँउपालिका–२ को धोर्लेखानीमा गएराति चार जनाको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु, छोरी मनिषा र छोरा सपन गिरीको हत्या भएको हो ।
ज्वाइँ राजेन्द्र राईले ससुरा बेलबहादुर, सासू मञ्जु, श्रीमती मनिषा र सालो सपनको हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
यसैबीच, राईले घरायसी झगडाका क्रममा गएराति ससुरालीका सदस्यहरूले प्रहार गरेपछि आफूले प्रतिकार गर्दा घटना भएको प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् ।
राईको पेट लगायत भागमा धारिलो हतियारको चोट लागको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको बताइएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ज्वाइँले गरे सासू-ससुरा, #पत्नी र सालाेकाे हत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्