असार १८ देखि २२ गतेसम्म गगटे-ढिकुरे शेरा सडक दैनिक ३ घन्टा बन्द हुने
नुवाकोट, लिखु । लिखु गाउँपालिका–१ स्थित गगटे–ढिकुरे शेरा सडकखण्डमा सुधार तथा स्तरोन्नति कार्यका लागि असार १८ गतेदेखि २२ गतेसम्म दैनिक ३ घन्टा सडक बन्द हुने भएको छ।
लिखु गाउँपालिका वडा नं. १ कार्यालय, राममन्दिरले सार्वजनिक सूचना जारी गर्दै मध्यपहाडी लोकमार्ग अन्तर्गतको सो सडकखण्डमा कटान तथा चौडाइ गर्ने कामको कारण यातायात पूर्णरूपमा बन्द हुने जानकारी दिएको हो।
सूचना अनुसार असार १८ गतेदेखि २२ गतेसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइनेछ। यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरिएको छ।
सडक बन्दसम्बन्धी सूचना जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय ढिकुरेसमेतमा जानकारीका लागि पठाइएको वडा अध्यक्ष नरहरि पाण्डेले हस्ताक्षरित सूचनामा उल्लेख छ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #असार १८ देखि २२ गतेसम्म गगटे-ढिकुरे शेरा सडक दैनिक ३ घन्टा बन्द हुने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्