इजरायल गाजामा ६० दिने युद्धविराममा सहमत, ट्रम्प भन्छन्– अब सबै कुरा हमासमा निर्भर
काठमाडौं, १८ असार । इरान–इजरायल युद्धपछि अब अर्को युद्ध समाप्त हुन लागेको छ अर्थात गाजामा युद्धविराम हुन लागेको हो ।
इजरायल शान्तिका लागि सहमत भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामका सर्तहरूमा सहमति जनाएको दाबी गरेका हुन् ।
ट्रम्पले हमासलाई अवस्था बिग्रनु अघि नै सम्झौता स्वीकार गर्न चेतावनी दिएका छन् । यसको अर्थ गाजामा ६० दिने युद्धविरामको बारेमा अब सबै कुरा हमासमा निर्भर छ ।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा भने, “मेरा प्रतिनिधिहरूले आज गाजामा इजरायलीहरूसँग लामो र उत्पादक बैठक गरे । इजरायलले ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको छ । यी ६० दिनहरूमा हामी इजरायल–हमास युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग काम गर्नेछौँ ।”
ट्रम्पका अनुसार कतार र इजिप्टले युद्धविरामको अन्तिम प्रस्ताव प्रस्तुत गर्नेछ । ट्रम्पले भनेका छन्, “मलाई आशा छ कि हमासले मध्य पूर्वको भलाइको लागि यो सम्झौता स्वीकार गर्नेछ, किनकि यसले स्थिति सुधार गर्दैन । यो झन् खराब हुनेछ ।”

क्याटेगोरी : समाचार
ट्याग : #hot, #इजरायल गाजामा ६० दिने युद्धविराममा सहमत, #ट्रम्प भन्छन्– अब सबै कुरा हमासमा निर्भर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्