पाँच जलविद्युत कम्पनी र राष्ट्रिय प्रसारण ग्रीड कम्पनीबीच ग्रीड कनेक्शन सम्झौता
काठमाडौँ— राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा जलविद्युत प्रवर्द्धक कम्पनीहरूबीच ग्रीड कनेक्शनसम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको प्रमुख आतिथ्यमा एक समारोहका बीच सम्झौतामा हस्ताक्षर गरिएको हो।
सम्झौतामा ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत ई. सागर श्रेष्ठ र जलविद्युत कम्पनीहरू — एस. सि. पावर कम्पनी, सुर्मा सरोबर हाइड्रोपावर, माता मालीका इनर्जी मल्टिपल, सुर्य होल्डिङ्ग, र श्री हिमजल हाइड्रोपावर — का प्रतिनिधिहरू सहभागी थिए।

मन्त्री खड्काले ऊर्जा क्षेत्रको प्रवर्द्धन र लगानी व्यवस्थापनमा सुधार आवश्यक रहेको बताउँदै यस प्रकारका सहकार्यले संरचनात्मक सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरे। ऊर्जा सचिव सुरेश आचार्य, विद्युत नियमन आयोग अध्यक्ष डा. रामप्रसाद धिताललगायतले पनि शुभकामना मन्तव्य राखे।
सम्झौताअनुसार, जलविद्युत कम्पनीहरूले उत्पादन गर्ने विद्युत राष्ट्रिय ग्रिडमा समाहित गरिनेछ भने ट्रान्समिशन लाइनको स्तरोन्नति समयमै गरिनेछ। यसले ऊर्जा क्षेत्रमा स्थायित्व र विकास ल्याउने अपेक्षा गरिएको छ।
—
क्याटेगोरी : समाचार
ट्याग : #hot, #उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय, #उर्जा मन्त्री दिपक खड्का, #पाँच जलविद्युत कम्पनी र ग्रीड कम्पनीबीच ग्रीड कनेक्शन सम्झौता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्