तारकेश्वरकै सर्वोत्कृष्ट रिजल्ट शुभकामना स्कुलबाट ७ जनाले ल्याए ४ जीपीए, समग्रमा ३.९२ औसत जीपीए प्राप्त गर्न सफल
काठमाडौं । तारकेश्वर ९ को शुभकामना चोकमा अवस्थित शुभकामना इङलीस बोडिङ स्कुलले २०८१ सालको एसईई परिक्षामा तारकेश्वर टप गर्न सफल भएको छ । २५ जना विद्यार्थीले एसईई परिक्षामा सहभागी भएकोमा ७ जनाको ४ जीपीए आएको विद्यालयका प्राचार्य कुमार ढकालले फरकपत्र डटकमसँग बताएका छन् । जसमा ५ जना छात्रा र २ जना छात्र रहेका छन् । छात्राहरूमा स्वेता गुरुङ, सोफिया सैयाद, अञ्जली थापा, आयुषा राई र सदिक्षा भट्टराई रहेका छन् । छात्रहरुमा भने बिनायक शर्मा र समिश्रन तामाङ रहेका छन् ।
त्यस्तै ३.९६ जीपीए ल्याउने विद्यार्थीको संख्या १ रहेको छ भने ३.९५ जीपीए ल्याउने विद्यार्थीको संख्या ८ जना रहेको छ । ३.७७ देखि ३.९१ ल्याउने विद्यार्थीको संख्या ९ रहेको छ । समग्रमा शुभकामना स्कुलले ३.९२ औसत जीपीए प्राप्त गर्न सफल भएको छ ।
तारकेश्वरमा शुभकामना स्कुलले गत वर्ष पनि उत्कृष्ट रिजल्ट दिन सफल भएको थियो । यस वर्षको रिजल्ट उत्कृष्ट मात्र नभएर सर्वोत्कृष्ट रिजल्ट दिन सफल भएको छ । आपूmलाई अव्वल सावित गरेका विद्यालयलाई चुनौति दिँदै न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको शुभकामना स्कुलले सर्वोत्कृष्ट रिजल्ट प्रदान गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वरकै सर्वोत्कृष्ट रिजल्ट शुभकामना स्कुलबाट ७ जनाले ल्याए ४ जीपीए, #समग्रमा ३.९२ औसत जीपीए प्राप्त गर्न सफल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्