इलिक्सरको सर्वोत्कृष्टताको निरन्तरता, १८ जनाले ल्याए ४ जिपिए
काठमाडौँ कुमारीगाल, चाबहिलमा अवस्थित इलिक्सर एकेडेमीले संस्कार सहितको शिक्षालाई विशेष महत्व दिएको छ। स्थापनाकाल देखि नै विद्यार्थीको सर्वाङ्गिण विकासलाई ध्यानमा राख्दै आफ्ना क्रियाकलाप सञ्चालन गरिरहेको विद्यालयका प्रिन्सिपल रविन दाहाल, सर्वोत्कृष्टताको निरन्तरता हुनुमा“एउटा ओदानका तीनवटा खुट्टा” जस्तै अभिभावकविद्यार्थी र विद्यालय बीचको पारस्परिक सहयोग नै रहेको धारणा व्यक्त गर्दछन्। वि. सं. २०६७ सालदेखि उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको यस विद्यालयले वि. सं. २०८१ सालमा उच्च सफलता हासिल गरेको छ।
यसअघि २०७८ सालको एसईई परीक्षामा पनि काठमाडौँ जिल्लामा प्रथम भई काठमाडौँ महानगरपालिकाबाट नगद पुरस्कार सहित“सर्वोत्कृष्ट विद्यालय पुरस्कार”ले पुरस्कृत भएको थियो। त्यस्तै २०८० सालको एसईई परीक्षामा समेत काठमाडौँ जिल्ला प्रथम भई प्याबसन काठमाडौँद्वारा “उत्कृष्ट विद्यालय सम्मान २०८०” ले सम्मानित भएको थियो।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको २०८१ सालको माध्यमिकशिक्षा परीक्षा एसईईको नतिजाअनुसार यस वर्ष इलिक्सर एकेडेमीबाट एसईई सहभागी ३८ जना विद्यार्थीहरूमध्ये १८ जनाले ४ जिपिएसहित सतप्रतिशत विद्यार्थीले ३.७३ भन्दामाथिअङ्क प्राप्त गर्न सफल भएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #१८ जनाले ल्याए ४ जिपिए, #इलिक्सरको सर्वोत्कृष्टताको निरन्तरता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्