एमाले काठमाडौं जिल्ला कमिटीको छैठौं बैठक , मनोनित नयाँ सदस्यले गरे सपथ (सूचि सहित)
काठमाडौं, असार । नेकपा ९एमाले० काठमाडौं जिल्ला कमिटीको छैठौं बैठक टोखा–झोरमा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष दिपक निरौलाको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा पार्टी महासचिव शंकर पोखरेलको विशेष उपस्थिति रहेको थियो।
बैठकमा इन्चार्ज आनन्द पोखरेल, पोलिटब्यूरो सदस्य कृष्ण राई, रामेश्वर फुँयाल, केन्द्रीय सदस्य सरीता न्यौपाने, डा। सुरेन्द्र मानन्धर, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, उप–महासचिव भक्ति कुमारी लामा लगायत नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकमा पार्टीको संगठन विस्तार, मतदाता केन्द्रित अभियान, जनसंगठनहरूको अधिवेशन, सांस्कृतिक जागरण तथा युवा लक्षित कार्यक्रमहरूका विषयमा गहन छलफल तथा महत्वपूर्ण निर्णयहरू गरिएका छन्।
बैठककै अवसरमा हालै जिल्ला कमिटीमा मनोनयन भएका फणिन्द्र पौडेल, संगीत आचार्य, गीता पोखरेल, लव केसी, अर्मीला बिक, घनश्याम खड्का, धर्मराज लामीछाने र राकेश सिंहले औपचारिक रूपमा सपथ ग्रहण गरेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले काठमाडौं जिल्ला कमिटीको निर्वाचनमा उम्मेदवारी दर्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्