सर्लाहीका पत्रकारलाई सेनिटाइजर, मास्क र ग्लोबस प्रदान
दुर्गा चौलागांई
सर्लाही । विश्वभर संक्रमण फैलाइरहेको कोरोना भाइरसले (कोभिड-१९) गर्दा मुलुक अहिले चैत्र ११ गतेबाट लकडाउनको स्थितीमा छ। यस्तो अवस्थामा सन्चारकर्मीहरु सुचनाप्रवाहका लागि रातदिन नभनी जोखिम मोलेर भएपनी खटिरहेका हुन्छन् ।
यसैबीच नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द प्रसाद चौलागाईंले आज मफोसलमा रहेर पत्रकारिता गर्नुहुने सर्लाही जिल्लाका सन्चारकर्मीसंग अनौपचारिक भेटघाट गर्नुभएको छ।

कार्यक्रममा पत्रकार महासंघ ,सर्लाहीका उपाध्यक्ष बक्तर अलि,प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण प्रसाद थपलिया,प्रेस संगठन,सर्लाहीका अध्यक्ष अच्युतम काफ्ले,नेपाल टेलीभिजनका सर्लाही सम्बादाता रोशन न्यौपान्ने,नागरिक दैनिकका सम्बादाता टंक क्षेत्री ,सर्लाही राससका शंखर पहाडी ,समाजसेवी संजय साह,लायन्स क्लब अफ सेन्चुरीका अध्यक्ष साकार शर्मा,युवा नेता राकेश ढुंगेल,उधोग बाणिज्य संघ,सर्लाहीका सह-कोसाध्यक्ष पुर्ण प्रसाद चौलागाईं लगाएतको उपस्थिति रहेको थियो।
कोरोनाको त्रास बीचमा समाचार सम्प्रेषण गर्ने सन्चारकर्मिहरुलाई सुरक्षित तवरबाट समचार सम्प्रेषण गर्न सहयाेग पुगाेस् भन्ने उद्देश्यले महासंघका केन्द्रीय सदस्य गोबिन्द प्रसाद चौलागाईं तथा समाजसेवी संजय साहले सेनिटाइजर, मास्क र ग्लोबस प्रदान गरेका छन् ।
कार्यक्रममा सर्लाहीका सन्चारकर्मीहरुले अहिले महामारीको समयमा जिल्लामा रहेर पत्रकारीता गरिरहदा सन्चारकर्मीमाथी पनि स्वास्थ्यमा असर पर्न सक्ने भन्दै स्वास्थ्य चेकजाँचकोलागी केन्द्रबाट स्वास्थ्यकर्मीको उचित ब्यबस्थापन गरिदिनुपर्ने,लकडाउनको स्थितिलेगर्दा पत्रीका प्रकाशन गर्न नसकेको समयमा पत्रीका वर्गीकरणमा कुनै समस्या नपरोस् ,समसामयिक बिज्ञापन उपलब्ध गराउनुपर्ने लगाएतका कोरोनाले उत्पन्न गराएको जोखिमको बारेमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #सर्लाहीका पत्रकार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्