एलिना र समीक्षाको ‘एक्सपोज’ अभियानलाई प्रधानमन्त्रीको साथ, ‘साहसी छोरीहरु’ भन्दै गरे प्रशंसा
काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीलाई ‘साहसी छोरीहरु’ भन्दै राम्रो गर्न खोज्नेले हिम्मत हार्नु नहुने बताएका छन् ।
केही दिनदेखि एलिना र समीक्षाले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको अभद्र टिप्पणीसहित प्रोफाइल नै सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेकामा प्रधानमन्त्री ओलीले यो तरिका सही लागेको उल्लेख गरेका हुन् ।
“आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ ।” शनिबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले भनेका छन्, “समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो । समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन ।”
अभद्र टिप्पणी गर्नेहरूलाई सामाजिक सञ्जालबाटै सार्वजनिक गरिदिएपछि कतिपय प्रयोगकर्ताले एलिना र समीक्षासँग माफी समेत मागिरहेका छन् । आफूले सार्वजनिक गरेपछि माफी मागेको समेत उनीहरूले सामाजिक सञ्जालबाटै जानकारी गराइरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #‘साहसी छोरीहरु’ भन्दै गरे प्रशंसा, #breaking, #एलिना र समीक्षाको ‘एक्सपोज’ अभियानलाई प्रधानमन्त्रीको साथ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्