विष्णुमतीमा कसरी खस्यो कार, चालक कसरी बाहिर निस्किए ?
काठमाडौं । काठमाडौंको टोखास्थित ग्रान्डी अस्पताल नजिकैबाट बग्ने विष्णुमती नदीमा बुधबार साँझ एउटा कार खस्यो । कार चालक थिए, कञ्चनपुरका ३५ वर्षीय अंकुश सिंह । कारमा दाङकी ३४ वर्षीया भावना वली पनि थिइन् ।
कार नदीमा बगेपछि चालक अंकुश हाम फालेर बाहिर निस्किए । तर, भावना कारबाट निस्किन सकिनन् ।
वाग्मती प्रदेश ०१–०३१ च ६१४१ नम्बरको कारलाई नदीले ग्रान्डीबाट बानियाँटारसम्म करिब डेढ किलोमिटर बगायो । बानियाँटार पुगेर कार अड्कियो । प्रहरीले कारभित्रै फसेकी भावनाको सकुशल उद्धार गर्यो । उनको अवस्था सामान्य छ ।
‘‘कार घुम्ती र सानो पुल नजिकैबाट नदीमा खसेको थियो । चालकले मोड्न नसक्दा नदीमा खसेको बताएको छन् । प्रहरीले हेर्दा पनि मोडबाट नै कार खसेको देखिन्छ,’’ एसपी बोहराले बाह्रखरीसँग भने ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #चालक कसरी बाहिर निस्किए ?, #विष्णुमतीमा कसरी खस्यो कार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्