धमाधम भित्रिँदै मल
वीरगन्ज, असार ११ गते । वीरगन्ज नाका भएर रासायनिक मल धमाधम भित्रिएको र मल आपूर्तिकर्ता संस्थाको भण्डारमा पनि पर्याप्त मल रहेका कारण विगतका वर्षमा जस्तो यस वर्ष धान बालीका लागि रसायनिक मलको अभाव नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका मधेश प्रदेश कार्यालयले दिएको विवरण अनुसार यस वर्ष मलको अभाव हुँदैन ।
कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जको गोदाममा अहिले पनि रसायनिक मल (डिएपी र युरिया) करिब २० हजार मेट्रिक टन मौज्दात छ । त्यसै गरी फरक फरक कन्साइन्मेन्टको १६ हजार र ३० हजार गरी ४६ हजार मेट्रिक टन आउँदै गरेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जका कामु प्रादेशिक प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार हाल कार्यालयको वीरगन्जस्थित गोदाममा पाँच हजार ४५० मेट्रिक टन युरिया, १२ हजार पाँच सय मेट्रिक टन डिएपी र दुई हजार ३४० मेट्रिक टन पोटास मौज्दात छ ।
उहाँका अनुसार आपूर्तिकर्ता कम्पनी सन इन्टरनेसनलले पठाएको १६ हजार मेट्रिक टन अन्तर्गतको एक र्याक युरिया मल गत बिहीबार आइपुगेको छ । एक र्याक र अर्को कन्साइन्मेन्टको ३० हजार टन युरिया पनि कोलकातामा छ । यसरी ३० हजार टन युरिया पनि भित्रिने तयारीमा कोलकातामा रहेकाले यस वर्ष बर्खे बालीका लागि रासायनिक मलको अभाव नहुने भएको हो ।
मधेश प्रदेशको कलैया, चपुर, ढल्केबर, नवलपुर र बागमती प्रदेशको सिन्धुली काठमाडौँ, धुलिखेल, त्रिशूली, गजुरी, हेटौँडा, भरतपुर अनि गण्डकी प्रदेशको पर्वत, पोखरा र दमौली कार्यालयमा वीरगन्ज कार्यालयबाटै ढुवानी भएर रासायनिक मल जाने गरेको छ । पर्सा र गोरखा जिल्लाका लागि प्रादेशिक कार्यालय वीरगन्जबाट वितरण गर्ने गरिएको प्रमुख पाण्डेयले बताउनुभयो ।
हाल भित्रिन थालेको मलको आपूर्तिमा कुनै बाधा अवरोध नभए रोपाइँ हुनुअघि नै सबै मल भित्रिइसक्ने उहाँले दाबी गर्नुभयो ।
त्यसै गरी ३० प्रतिशत मल आपूर्तिको जिम्मेवारी पाएको साल्ट ट्रेडिङ कर्पोरेसनको मधेश प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख अमोज लामिछानेका अनुसार १८ हजार मेट्रिक टनको कन्साइन्मेन्ट अन्तर्गत दुई हजार पाँच सय मेट्रिक टन युरिया वीरगन्ज आइपुगेको छ । अर्को एक र्याक (दुई हजार पाँच सय मेट्रिक टन) युरिया मल मङ्गलबार–बुधबारसम्म वीरगन्ज आइपुग्ने र बाँकी पनि छिटै भित्रिने उहाँले दाबी गर्नुभयो ।
त्यस्तै कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जले बफर स्टकमा चार हजार मेट्रिक टन रासायनिक मल रहेको जानकारी दिएको छ । कुल आयात भएको मलको १० प्रतिशत भोलिको दिनमा अत्यावश्यक पर्दा तत्काल वितरण गर्न बफरस्टक राख्ने गरिएको बताइएको छ ।
स्थानीय तहलाई कोटा
प्रदेश सरकारले नै कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जमार्फत पर्साका १४ वटै पालिकालाई वितरण गरिने रासायनिक मलको कोटा निर्धारण गरेको छ ।
निर्धारित युरिया मल भने स्थानीय तहको सिफारिस लिएर आएका सहकारीलाई साल्ट ट्रेडिङ कर्पोरेसन वीरगन्जबाट वितरण गरिने कर्पोरेसनको मधेश प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख अमोज लामिछाने जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धमाधम भित्रिँदै मल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्