डोनाल्ड ट्रम्पको घोषणापछि इरानी विदेशमन्त्रीले भने– इजरायलसँग कुनै अन्तिम युद्धविराम भएको छैन
काठमाडौं, १० असार । इरानका विदेशमन्त्री सईद अब्बास अराघचीले इजरायलसँग अहिलेसम्म कुनै पनि अन्तिम युद्धविराम सम्झौता नभएको बताएका छन् ।
मंगलबार बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविराम भएको घोषणा गरेपछि इरानी विदेशमन्त्रीले अहिलेसम्म अन्तिम युद्धविराम सम्झौता नभएको बताएका हुन् ।
सामाजिक सञ्जाल एक्समा लेख्दै विदेशमन्त्री अब्बासले इजरायलले इरानीहरूमाथिको अवैध आक्रमण रोक्यो भने इरानले इजरायल विरुद्ध बदला लिने छैन पनि भनेका छन् ।
“हाम्रो सैन्य कारबाही रोक्ने बारे अन्तिम निर्णय पछि गरिनेछ ।” इरानी विदेशमन्त्री अब्बासले लेखेका छन् ।
उनले सबै इरानी सुरक्षा बलहरूलाई धन्यवाद पनि दिएका छन् जो आफ्नो देशको रक्षाका लागि लागिपरिरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #डोनाल्ड ट्रम्पको घोषणापछि इरानी विदेशमन्त्रीले भने– इजरायलसँग कुनै अन्तिम युद्धविराम भएको छैन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्