पचालझरनाका वडाध्यक्ष न्यौपानेले वडावासीकाे कुटाइ खाए
कालीकोट, २० वैशाख । कालीकाेट जिल्लाकाे पचालझरना गाउँपालिका–१ का वडाध्यक्ष रत्नलाल न्यौपाने स्थानीयको कुटपिटबाट सख्त घाइते भएका छन् ।
उपभोक्ता समितिको विवाद मिलाउन खोज्दा ५२ वर्षीय न्यौपानेलाई बुधबार दिउँसो स्थानीय ५ युवाले आक्रमण गरेका हुन् । न्यौपानेको टाउकोमा चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार वडावासी २१ वर्षीय उमेश, २० वर्षीय पारस, २२ वर्षीय तिलक, २० वर्षीय जनक र १९ वर्षीय कमल न्यौपानेले वडाध्यक्ष न्यौपानेमाथि कुटपिट गरेका थिए ।
स्थानीय मन्दिर (थान) निर्माण उपभोक्ता समितिमा आफ्ना मान्छे नपरेको भन्दै युवाले बुधबार नै वडा सहयोगी प्रकाश न्यौपानेलाई कुटपिट गरेका थिए ।
उनीहरुलाई सम्झाउने क्रममा वडाध्यक्षमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । गाउँपालिकाले मन्दिर निर्माणका लागि एक लाख रुपैयाँ विनियोजन गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पचालझरनाका वडाध्यक्ष न्यौपाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्