प्रकाशमानविरुद्ध कान्छाराम भाइरल, रामेछापमा कति परे सहरी विकासका कार्यक्रम ?
काठमाडौं । ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त भएपछि लगातार सरकार र पार्टी नेतृत्वविरुद्ध बोलेर भाइरल भइरहेका पूर्णबहादुर तामाङ (कान्छाराम)को आइतबार प्रतिनिधिसभाको भाषण राष्ट्रिय चर्चामा छ ।
विशेष गरी सहरी विकास मन्त्री प्रकाशमान सिंहलक्षित उक्त भाषणमा कान्छारामले आगामी पार्टी महाधिवेशनमा तागत देखाइदिनेदेखि २०८४ को संसदमा देख्न नपाइयोस् भन्नेसम्मका अभिव्यक्तिले उनी चर्चामा छन् ।
प्रकाशमानले रामेछापलाई बजेट नदिएकोमा उनी आक्रोशित देखिन्थे । रामेछाप कांग्रेसका सभापति समेत रहेका कान्छारामले आफू १७ हजार मतान्तरले जित्ने र चौथो लोकप्रिय मत पाउने सांसद भएको पनि बताए ।
उनले २०७९ निर्वाचनमा रामेछापबाट गठबन्धनको साझा उम्मेदवारका रूपमा ४७ हजार ९९ मत पाएर जितेका थिए भने नेकपा एमालेका उम्मेदवार कैलाश ढुंगेलले ३० हजार ७३० मत पाएका थिए ।
उनको १७ हजारको मतान्तरमा माओवादी केन्द्रको २१ हजार र नेकपा एसको १३ सय मत पनि जोडिएको थियो । रामेछापमा दलगत मतमा एमाले २८ हजार १५० मतसहित पहिलो स्थानमा थियो । कांग्रेसको २४ हजार १०१,नेकपा एसको २१ हजार ५४ र नेकपा एसको १३४८ मत थियो ।
यस हिसाबले कान्छारामले संसदमा आफू सर्वाधिक लोकप्रिय सांसद बताए पनि माओवादीको मत बिना उनले चुनाव जित्न सम्भव थिएन । रामेछापमा कांग्रेस र माओवादीको मतमा ३ हजारको मात्र फरक छ । दुवै दलको मतमा नेकपा एसको समेत थपिदा उनले प्रत्यक्षमा पाएको मत ४७ हजार पुग्छ ।
कान्छारामले संसदको रोष्ट्रममा उभिएर पार्टी,नेतृत्व र सरकारविरुद्ध दिएको अभिव्यक्तिप्रति नेताहरू गम्भीर बनेका छन् । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री सिंहले उनको भनाइलाई आपत्तिजनकरुपमा लिएर पार्टी सभापतिको ध्यानाकर्षण गराउन लागेका छन् ।
संसदीय दलको बैठकमा समेत बोल्न नमिल्ने कुराहरू रोष्टमबाट बोलेको उनीमाथि आरोप छ । तर कान्छारामले भने दलको बैठक नबसेका कारण आफ्नो पीडा संसदबाटै पोखेको बताएका छन् ।
यता सहरी विकास मन्त्रालयले भने उनले दाबी गरेजस्तो रामेछापमा बजेट नै नपरेको आरोपको खण्डन गरेको छ । रामेछापको जनसंख्या देशको कुल जनसंख्याको ० दशमलव ८ प्रतिशत रहेको र मन्त्रालयले ० दशमलव ७ प्रतिशत बजेट विनियोजन गरेको दाबी छ ।
आर्थिक वर्ष २०८२–८३ को लागि रामेछापमा सहरी विकास मन्त्रालयले ६६ आयोजनाका लागि ८४ लाख ४७ करोड विनियोजन गरेको पाइएको छ ।
अघिल्लो आर्थिक वर्षमा ७५ योजनाका लागि ९४ करोड गएकोमा यस वर्ष बजेटको आकार अनुसार कतिपय योजना कटौती भएका हुन् । यस वर्ष रामेछापमा ३ करोडमाथिका ११ वटा योजना छन् भने ३ करोडसम्मका ८ वटा र बाँकी ५५ योजनामा ३ करोडभन्दा कम बजेट परेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रकाशमानविरुद्ध कान्छाराम भाइरल, #रामेछापमा कति परे सहरी विकासका कार्यक्रम ? (सूचीसहित)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्