विस्फोटक पदार्थ पहिचान र नष्ट गर्न आग्रह
बाल हिंसाविरुद्ध क्रियाशील राष्ट्रिय कार्य समन्वय समूह (एनएसिजी) नेपालले रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे बम खेलाउने क्रमा चार बालबालिकाको मृत्यु भएकामा चिन्ता व्यक्त गरेको छ ।
बम डिस्पोजल नभएकाले सो क्षेत्र अझै असुरक्षित रहेको जनाउँदै समूहले सरकारलाई बारुदी सुरुङ र विस्फोटक पदार्थ रहेका स्थान पहिचान तथा नष्ट गरी सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ ।
समूहका अध्यक्ष कृष्णचन्द्र आचार्यले शनिबार विज्ञप्ति जारी गरी आगामी दिनमा यस्त घटना नदोहोरियोस् भन्नका लागि जोखिम सचेतना शिक्षा सञ्चालन र कानूनी प्रावधानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तिमा पीडित परिवारलाई यथोचित राहत दिन र घटनाको सत्यतथ्य छानबिनको पनि माग गरिएको छ । उक्त गाउँपालिकामा यही वैशाख १८ गते सो घटना भएको थियो । सो समूहमा बालअधिकारका क्षेत्रमा कार्यरत नौ राष्ट्रिय सञ्जालहरु आबद्ध छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #(एनएसिजी) नेपाल, #विस्फोटक पदार्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्