धरानका मेयर हर्क साम्पाङले रोके प्रहरी चौकी निर्माणको काम
विराटनगर । धरान उप महानगरपालिका मेयर हर्क साम्पाङले धरान १६ मा निर्माणाधीन प्रहरी चौकी निर्माणको काम रोक्न आदेश दिएका छन् ।
उनले भौतिक पूर्वाधार मन्त्रालय कोशी प्रदेश सरकारलाई पत्र लेख्दै चौकी निर्माणको काम रोकेका हुन् ।
धरानमा पछिल्लो समय विभिन्न वडामा प्रहरीका लागि भवनहरू बन्दै आएका छन् । धरान १६मा पनि बहुभाषिक पाठशाला रहेको छेउमा प्रहरी चौकी भवन बन्दै आएको छ ।
प्रदेश सरकारको बजेटमा निर्माणाधीन प्रहरी चौकीको भवन काम रोकिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले बताए ।
उनले भने, ‘धरानमा प्रहरीको आवश्यकतालाई हेरेर वडा कार्यालय र स्थानीयले चौकी भवनहरू बनाइदिँदै आएका छन् । धरान १६ मा पनि चौकी भवन बन्दै आएको थियो । अहिले मेयर साबले रोक्नु भएको छ ।’
उनले प्रहरीले चौकी भवन नबनाएकाले यो विषय आफूहरूसँग सम्बन्धित नरहेको बताए ।
चौकी निर्माणको ठेक्का पाएका व्यवसायी योगेश खतिवडाले चौकी निर्माणको काम रोकिएको बताए । उनले मेयर साबको आदेशका कारण निर्माणको काम रोकिएको बताए ।
धरानका मेयर हर्कराज साम्पाङले भौतिक पूर्वाधार मन्त्रालयमा लेखेको पत्रमा डीपीआर नहेरी डिजाइन बारे नगरपालिकासँग राम्रोसँग कुरा नगरी अथवा उपयुक्त स्थान नखोजी निर्माण कार्य नगरिदिनु हुन अनुरोध गरिएको छ ।
पत्रमा बहुभाषिक पाठशालाको कम्पाउन्ड भित्र प्रहरी चौकी बनाउँदा पाठशालाको उद्देश्य प्राप्तिमा असर पुग्ने उल्लेख छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धरानका मेयर हर्क साम्पाङले भेटे प्रधानमन्त्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्