यूएनएससीको आपतकालीन बैठक : रुस र चीनद्वारा अमेरिकी आक्रमणको कडा निन्दा
काठमाडौं, ९ असार । आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि इरानले माग गरेको संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी)को आपतकालीन बैठक बसेको छ । बैठकमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले इरानको अवस्था र इजरायल–अमेरिकी आक्रमणबाट इरानमा भएको क्षतिको बारेमा देशहरूलाई जानकारी गराए ।
यता, अमेरिकाले इरानमाथि आक्रमण गर्ने आफ्नो कारबाहीलाई जायज भन्यो । अमेरिकाले इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन नदिने आफ्नो संकल्प दोहोर्यायो । अमेरिकाले इजरायलको पक्ष लिँदै भन्यो कि कुनै पनि हालतमा इरानलाई आणविक हतियार राख्न अनुमति दिइने छैन ।
बैठकमा रुस र चीनले अमेरिकी आक्रमणको कडा निन्दा गर्यो र पाकिस्तानले इजरायल र इरानबीच युद्धविरामको प्रस्ताव राख्यो ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र इरानको अवस्थाप्रति चिन्ता व्यक्त गरे । अमेरिकाले इरानमाथि गरेको आक्रमणलाई सम्पूर्ण विश्वका लागि खतरनाक भन्दै उनले सबै सदस्य राष्ट्रहरूलाई कूटनीतिमार्फत विवाद समाधान गर्न सल्लाह दिए ।
यता, विश्वका नेताहरुले मध्यपूर्वको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै द्वन्द्व रोक्न आह्वान गरेपछि चीन, रुस र पाकिस्तानले इजरायललाई सीमा नाघ्न नदिन आग्रह गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #यूएनएससी)को आपतकालीन बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्