होटल व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि बर्दिवासमा प्रशिक्षण सम्पन्न
बर्दिवास, असार ८ –
मधेस प्रदेशका होटल व्यवसायीहरूको व्यवसायिक क्षमता अभिवृद्धि र होटल सेवाको स्तरोन्नति गर्ने उद्देश्यले बर्दिवासमा विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
होटल सङ्घ नेपाल, काठमाडौंको आयोजनामा नेपाल पर्यटन बोर्डको सहकार्य र मधेस प्रदेश सरकारको समन्वयमा आयोजित उक्त कार्यक्रम बर्दिवासस्थित गौतम होटलमा सम्पन्न भएको हो । कार्यक्रम होटल सङ्घ नेपाल, मधेस प्रदेशका उपाध्यक्ष देवनारायण मण्डलको अध्यक्षतामा सम्पन्न भयो ।
प्रशिक्षण कार्यक्रमको प्रमुख प्रशिक्षकका रूपमा सोल्टी ग्रुपका डा. रुपेश श्रेष्ठले धनुषा, महोत्तरी र सप्तरी जिल्लाका होटल व्यवसायीहरूलाई विविध व्यवसायिक ज्ञान र कौशलसम्बन्धी प्रशिक्षण दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतम हुनुहुन्थ्यो । कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी सङ्घ, महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्की, धनुषाका कार्यवाहक अध्यक्ष रूपेश सिंह, सप्तरीका अध्यक्ष रामकुमार गुप्ता, बर्दिवास उद्योग वाणिज्य सङ्घका महासचिव उत्तम कुमार श्रेष्ठ, महासङ्घका सदस्य सरोज चौधरी तथा ढल्केवर इकाई अध्यक्ष प्रमोद साहा अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रमको सञ्चालन महोत्तरीका महासचिव नारायण घिमिरेले गर्नुभएको थियो भने स्वागत मन्तव्य अध्यक्ष गुञ्जबहादुर कार्कीले व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि गौतमले यस्ता कार्यक्रमहरूले होटल व्यवसायमा गुणस्तरीय सेवा प्रवाहका लागि अतिथि सत्कारलाई मजबुत बनाउने उल्लेख गर्दै, होटल व्यवसायको समग्र उन्नतिका लागि यस्ता प्रशिक्षण कार्यक्रम निरन्तर आवश्यक रहेको बताउनुभयो ।
प्रशिक्षणमा सहभागी व्यवसायीहरूले कार्यक्रमबाट प्राप्त ज्ञानले आफूहरूमा आत्मविश्वास थपिएको महसुस गरेका छन् । “स्थानीय उत्पादनको उपयोग गर्दै पाहुनालाई सन्तुष्टि दिने सेवाबाट व्यवसायमा उचाइ लिन सकिन्छ,” प्रथम उपाध्यक्ष अमित बस्नेतले बताउनुभयो ।
हाम्रो होटल एण्ड गेष्टहाउसका सञ्चालक कुबेर घिमिरेले विज्ञान र प्रविधिको सदुपयोगले व्यवसायलाई नयाँ ढंगले प्रवर्द्धन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी सङ्घ, महोत्तरीका सचिव पर्मेश्वर महतोले प्राप्त ज्ञानलाई व्यवसायमा प्रयोग गर्दै व्यवसायीहरूलाई सधैं हौसला प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त प्रशिक्षण कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाका होटल व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

क्याटेगोरी : banner, पर्यटन, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्