एमालेको आर्थिक सुधार अभियान : अब सम्पूर्ण पार्टी कारोबार बैंकमार्फत
भेडेटार, ८ असार । कोशी प्रदेशका सबै जिल्लामा नेकपा (एमाले)ले पार्टीका सम्पूर्ण आर्थिक कारोबार नगद होइन, अनिवार्य रूपमा बैंकमार्फत मात्रै सञ्चालन गर्ने भएको छ ।
एमालेको केन्द्रीय लेखा आयोगको आयोजनामा कोशी प्रदेशका १४ वटै जिल्लाका लागि आयोजित आर्थिक तथा लेखा व्यवस्थापन तालिममा यस्तो घोषणा गरिएको हो । भेडेटारमा दुई दिनसम्म चलेको प्रशिक्षणको समापनमा २१बुँदे सामूहिक प्रतिबद्धता घोषणा गरिएको छ, जसले पार्टीभित्रको आर्थिक पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्य लिएको छ ।
घोषणापत्रमा पार्टीका सम्पूर्ण आर्थिक कारोबार अबदेखि नगद माध्यमबाट होइन, बैंकमार्फत मात्रै सञ्चालन गरिने स्पष्ट नीति अवलम्बन गरिने उल्लेख छ । तालिममा सहभागी जिल्ला, महानगर तथा उपमहानगर कमिटीहरूले लेखा परीक्षण अनिवार्य गर्ने, बजेट निर्माण गरी योजना अनुसार खर्च गर्ने, ऋण चुक्ता गर्ने र खर्चमा मितव्ययिता अपनाउने विषयमा प्रतिबद्धता जनाएका छन् ।
पार्टीको सम्पूर्ण लेखा प्रणालीलाई पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन अब डिजिटल प्रणाली, नीतिगत अनुशासन र वित्तीय योजनाहरू लागू गरिने जनाइएको छ । आर्थिक कारोबारलाई बैंकमार्फत गर्ने निर्णयसँगै पार्टीको नीति, नियम, विधान र निर्देशनहरूको पूर्ण पालना गरिने पनि घोषणा पत्रमा उल्लेख छ ।
तालिममा सहभागी जिल्ला, महानगर र उपमहानगर कमिटी अध्यक्षहरुले भविष्यमा लेखा परीक्षणसहितको वार्षिक प्रतिवेदन पेस गर्ने, खर्च र क्रियाकलापको लेखाजोखा राख्ने, आन्तरिक अनुगमनको अभ्यास गर्ने तथा सम्पत्ति वा लगानी भएमा समितिको अनुमति बिना उपयोग नगर्ने नीतिगत प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
घोषणापत्रमा लेखा अनुशासन र मितव्ययिताका अभ्यासहरू पार्टी जीवनमा मात्र सीमित नरही व्यक्तिगत जीवन र अन्य संस्थागत व्यवहारमा पनि लागू गरिने प्रतिबद्धता जनाइएको छ । प्रशिक्षकहरूले तालिमका क्रममा सिकाइएका सिद्धान्तहरू कार्यान्वयन नगरी केवल कागजमा मात्र सीमित राखे पार्टीको सुधार सम्भव नरहने स्पष्ट पारेका छन् ।
एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले शुभकामना दिएको तालिम कार्यक्रमको अध्यक्षता एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेको आर्थिक सुधार अभियान : अब सम्पूर्ण पार्टी कारोबार बैंकमार्फत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्